दाङमा २५ मिलिमिटर बर्षा

दाङ, ६ असार । दाङमा बुधबार रातिदेखि विहीबार विहानसम्म २५ मिलिमिटर बर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्षा भएसंगै जिल्लामा गर्मी घटेको छ ।


विहीबार जिल्लाको तापक्रम ३०.४ डिग्रीसेल्सियस रहेको छ ।
विहीबारदेखि विद्यालय पनि खुलेका छन् ।

जनजीवन सहज बन्दै गएको छ । बुधबार राति हावाहुरी समेत चलेको थियो ।