महाशिवरात्रीमा दाङका यी स्थानमा लाग्छ, मेला

तुलसीपुर,१४ फागुन। आज महाशिबरात्रीको दिन दाङका बिभिन्न शिव मन्दिरहरुमा घुँइचो हुने गरेको छ ।

विश्वकै अग्लो त्रिशूल रहेको दाङको धारापानीमा विहानैदेखि भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीका अनुसार मन्दिरमा विहानैदखि भक्तजनहरुले दर्शन गरिरहेका छन् ।


त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ सितलपुर स्थिर सिद्धेश्वर शिव मन्दिरमा पनि विहानै देखि घुइँचो छ । वडाध्यक्ष खुसीराम चौधरीका अनुसार विहानैदखि भक्तजनहरु लाइनमा रहेका छन् । त्यसतै सवारीकोट, बेलझुण्डीको शिबालय मन्दिर मन्दिरमा विहानैदेखि भक्तजनहरुको भिड हुने गरेको छ । यी स्थानहरुमा मेला पनि लाग्ने गर्छ ।

यी स्थानमा विहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । शिवरात्रीमा पछिल्ला बर्षहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनीमा भोटे मेला लाग्ने गथ्र्यो । तर, त्यहाँ भने केही बर्षदेखि मेला लाग्न छोडेको छ ।