
तुलसीपुर
२७ कात्तिक / दाङमा ८ सय बढि गणक खटिएका छन् । राष्ट्रिय जनगणना अन्तगर्तत दाङका १० पालिकाकालागि ८ सय ४ जना गणक खटिएको तथ्यांक कार्यालय दाङले जनाएको छ ।
‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ खटिएका गणकहरुले १५ दिन भित्र तथ्यांक संकलन गरिसक्नु पर्नेछ । गएको भदौ ३० गते देखि असोज १८ गते सम्म सुपरिबेक्षकहरु खटि घरमुली लगायतको बिबरण लिईसकेको भन्दै त्यसकै आधारमा तथ्याकं संकलन गर्न गणक खटिएको सूचना अधिकारी बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूगोल र बिकटताको जनगणना नक्सा अर्थात जीआईएसका आधारमा गणकहरुले जनगणना गर्ने छन् । एक जनालाई २ सय ५० देखि ३ सय घर परिवारको १५ दिन भित्र जनगणना गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । प्रत्येक गणनलाई दैनिक २० घर परिवारको तथ्याक लिनुपर्ने छ । मंसिर ९ गतेसम्म जनगणना चल्नेछ । तुलसीपुर उपमहानगरपापिलकामा मात्र ४३ जना सुपरिबेक्षक र २ सय २३ जना गणक खटिएका छन् ।
८० वटा औपचारीक सुचक (ईन्डीकेटर) समावेश गरिएको फारम रहेको छ । त्यसबाहके गणनले आबश्यक ठानेमा थप जानकारी लिन सक्ने उहाँको भनाई छ । जातजाति, रोजगार, उमेर, धर्म, लिङ, रोजगारी नपाउनुको कारण, आर्थिक अबस्था लगायतका सूचना लिन सकिने छ । महिला ४५ बर्ष उमेर समूह सम्मका र पुरुष ४० बर्ष उमेर समूह सम्मका रहेका छन् । यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो ।



लाइभदाङ । २६ कार्तिक २०७८, शुक्रबार २१:०१ बजे