सुगन्धकोकिला जोगाउन सरकार गम्भीर हुनुपर्छ

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोटमा सुगन्धकोकिला(मालागिरी) पाईन्छ । जुन विश्वमै लोपन्मुख प्रजातिको विरुवा हो । त्यो एउटा विरुवा मात्रै होईन्, आम्दानीको एउटा माध्याम पनि हो । जसबाट छिल्लीकोटवासीले जीवन निर्वाह गरिरहेका छन् । छिल्लीकोटमा पाइने मल्लागिरी अहिले नेपालमा खपत छैन । तर, ब्यापारीहरुले भारत लैजान्छन् । त्यसबाट अखरबत्ती, सेन्टलगायत बनाउछन् । नेपालमा मालागिरीलाई प्रशोधन गर्ने कुनै माध्याम छैन । त्यसैले पनि सस्तोमा भारत जान्छ, र त्यसलाई प्रशोधन गरेर महंगोमा त्यही सामान नेपालमा पठाउने गर्छ । त्यसलाई नेपालमै प्रशोधन गर्न सक्ने हो, भने नेपालले नै मनग्य आम्दानी लिन सक्थ्यो । तर, त्यसो छैन । अहिले पनि दाङकै पर्यटीकय स्थल छिल्लीकोटमा उत्पादन हुने मल्लागिरी भारत पठाउनु पर्ने अवस्था छ ।

तर, यही मल्लागिरी पनि लोप हुने हो की भन्ने छ । स्थानीयले यसलाई संरक्षण गर्न हर प्रयत्न गरिरहेका छन । आफै घर–घरमा विरुवा रोपेका छन् । आँगनमै बगैचा बनाएका छन् । त्यति मात्रै होइन्, विरुवा उत्पादन गरेर २६ जिल्ला भन्दा बढि निर्यात गरिसकेका छन् । यो विरुवा धार्मिल रुपले पनि उत्तम विरुवा हो भने, पिपल भन्दा दोस्रो बढि अक्सिनजन दिने विरुवा हो । त्यसरी पनि परिचित यो विरुवा कहिल्यै लोप त हुने हैन, भन्ने चिन्ता उत्पन्न भएको छ । बन कार्यालय दाङले विगतमा केही सहयोग गरेपछि उल्लेख्य रुपमा सहयोग गर्न सकेको छैन ।


त्यो विरुवा छिल्लीकोटका बासिन्दाको आम्दानीको स्रोत बनेको छ । तर, त्यो त्यहाँका बासिन्दाको आम्दानीको स्रोत मात्रै होईन्,त्यो दाङको इज्जतसंग जोडिएको विरुवा पनि हो । त्यो विरुवालाई संरक्षण गर्न सकेमा त्यसले पनि पर्यटक भित्र्याउन सक्छ । त्यति मात्रै हाईन्, त्यो विरुवाको धार्मिक, स्वास्थ्यका हिसाबले तथा ब्यबसायिक हिसाबले पनि एकदमै फाइदा दिन सक्छ । त्यो कुनै ब्यक्तीसंग जोडिएको विषय होईन्, आम रुपमा जिल्लाको इज्जतसंग जोडिएको विषय भएकाले यसको संरक्षण गर्नतर्फ यस क्षेत्रका सबै निकाय सक्रिय हुन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक