रफिकोलको स्वास्थ्य शिविरबाट दुईसय ९१ जनाले लिए सेवा

तुलसीपुर, १२ फागुन । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुरले निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

दंगीशरण गाउँपालिका वडा नं. ६ मा भएको स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । रफिकोल महिला तथा युवा उपसमिति संयोजक मञ्जु आचार्यको अध्यक्षता एव दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा भएको हो ।

शिविरबाट २ सय ९१ जनाले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा डा। सागर कोइराला, डा दुर्गा बेलबासे, डा सागर गौतम, पाल्पाली पोलिकिल्निकका सञ्चालक सुरज ज्ञावलीसहितको प्राविधिक टोलिले सेवा दिएको थियो ।


शिविरमा प्राविधिक सहयोग पाल्पाली पोलिक्लिनिक प्रालि, देउराली जनता फर्मालिटिक्स प्रालि, डिभाईन हेल्थकेयर प्रालि र साथी मेडिसिन डिष्टिव्यूटर्सले दिएका थिए । उनीहरुले निःशुल्क औषधी उपल्वध गराएका थिए । कार्यक्रममा अध्यक्ष गिरीले पालिकाका नागरिकलाई निःशुल्क विभिन्न विधाका चिकित्सकहरु ल्याई स्वास्थ्य सेवा दिएकोमा धन्यवाद दिएका थिए ।

राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा दंगीशरण गाउँपालिका–६ का वडाध्यक्ष रोशन शाह, ६ का सदस्य टिका भण्डारी, ७ का सदस्य भुपबहादुर खड्कालगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण रफिकोल महिला तथा युवा उपसमितिका सदस्य गोरख वलीले गरेका थिए ।