लाईभदाङ र अग्रिम साप्ताहिकका सञ्चालक बोहरा सम्मानित

दाङ, ७ फागुन । दाङको तुलसीपुरबाट सञ्चालित लाईभदाङ डटकम र अग्रिम साप्ताहिकका सञ्चालक दीपक बोहरालाई सम्मान गरिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाईन एजुकेशन फाउन्डेशनद्वारा सञ्चालित डिभाइन टेम्पल एमाडेमीले १६ औं स्थापना दिवको अवसरमा सम्मान गरेको हो ।

पत्रकारिता क्षेत्रबाट शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको फाउन्डेशनका अध्यक्ष भोजराज न्यौपानेले बताए । बोहरालाई लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली चौधरीले सम्मान प्रदान गरेका हुन् । उनी राष्ट्रिय समाचार समिति(रासस), नयाँ पत्रिका,मेचिकाली दैनिक लगायतका सञ्चार माध्याममा आबद्ध छन् । उनी डेढ दशकदेखि दाङमा रहेर क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका छन् ।


साथै उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

डिभाइनको बार्षिकोत्सवः संस्कार र संस्कृतिमा जोड