तरुण दल तुलसीपुरको जिम्मा राठौरलाई र क्षेत्र नं.३ को जिम्मा केसीलाई

दाङ, २४ भदौ ।
नेपाली काङ्ग्रेस भातृ संघ नेपाल तरुणदल दाङ क्षेत्र नं.३ को कार्यवाहक अध्यक्षमा राज कुमार के.सी मनोनयन भएका छन् । त्यस्तै नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिकाको कार्यवहाकको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र सिंह राठौरलाई दिइएको छ ।

नेपाल तरुण दलकाे बिधानकाे परिच्छेद ८ काे धारा ३५ काे उपधारा २ (ख) बमोजिम पद रिक्त हुन गएकोले नेपाल तरुण दलको बिधानकाे परिच्छेद ८ काे धारा ३५ काे उपधारा ३ (ख) अनुसार क्षेत्रीय कार्य समितिकाे उपाध्यक्ष राज कुमार के.सी लाई कार्य वाहक अध्यक्ष काे जिम्मेवारी दिएको नेपाल तरुण दल दाङ जिल्ला अध्यक्ष टीका घर्तीले जानकारी दिए ।