संस्कार सहितको शिक्षा दिनुपर्ने शारदा सिस्नेको बार्षिकोत्सवमा जोड

तुलसीपुर, ११ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित शारदानगरमा रहेको शारदा सिस्ने बोर्डिङ स्कुलको १७ औं वार्षिकोत्सबमा बक्ताहरुले संस्कार सहितको शिक्षा दिनुपर्नेमा जोड दिएका छन् ।

संस्कारको खडेरी परिरहेको अबस्थामा त्यस्तो शिक्षा अपरिहार्य रहेको बक्ताहरुको भनाई छ ।

संस्थापक देवबहादुर वलीको अध्यक्षता तथा राष्ट्रियसभाका पुर्व सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि वलीले सस्कार सहितको ब्यवहारिक शिक्षा विद्यालयबाटै दिनुपर्ने बताईन् । साथै सीपमुलक शिक्षा पनि अहिलेको आबश्यकता रहेको उनको भनाई थियो ।


कार्यक्रममा नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, प्याब्सन दाङका पूर्वध्यक्ष मधुशुदन केसी ,बालसहारा इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल शालिकराम कार्कीलगायतले देश हाँक्ने जनशक्ति निर्माणमा विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विद्यार्थीले निर्माण गरेका विभिन्न बिज्ञान सामग्रीको प्रर्दशन गरिनुका साथै नृत्य प्रस्तुत गरेका थिए । शिक्षक जीवन डाँगीको र कक्षा १० कि छात्रा रेखा बि। क को स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सरिता शर्मा र संजय बर्माले गरेका थिए ।