दाङको सामुदायिक वन क्षेत्रभित्र एक पुरुषको शव मृत अवस्थामा फेला

दाङ, ६ फाल्गुन । दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ।

लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


प्रहरीका अनुसार मृतक खत्री गत मंगलबारदेखि सम्पर्कविहीन हुनुभएको थियो। खोजतलासको क्रममा हिजो सोमबार सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।

गाईबाखा चराउन गएका गोठाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।