तुलसीपुरमा भएको दुर्घटनामा घाइते भण्डारीको मृत्यु

तुलसीपुर, ३१ भदौ ।
तुलसीपुरको एयरपोर्ट नजिकै हाइसले अटोलाई ठक्कर दिदा घाइते भएका मध्य एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौरा निवासी १३ वर्षका दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।


भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।