
टेकराज भण्डारी
दाङ, २८ माघ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले ढिलोचाडो विप्लवसँग एकता हुने बताएका छन्। लुम्बिनी प्रदेशको राजधानी देउखुरीस्थित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन लाई सम्बोधन गर्दै महराले नेत्रविक्रम चन्द ‘विप्लव’ सँग एकता हुने बताएका हुन् ।
उनले भने ‘ढिलो चाँडो विप्लवसँग एकता हुन्छ। अलि ढिलो होला। हामी एक ठाउँ हुनुपर्छ। देशको राजनीति त्यति थाई स्थितिमा छैन। काङ्ग्रेस एमालेको सरकार छ तर निकै नाजुक छ। यो नाजुक अवस्थाबाट माथि आउनको निमित्त हाम्रो पार्टीमा आकर्षण बढेको छ । नेकपा माओवादीमा आकर्षण बढाएको छ जनताहरू आकर्षित छन्।



एमाले, कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको ठूलो लहर रहेको महराले बताए । लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले दक्षिणतिर गएको पार्टी दायाँतिर फर्किएको दाबी गरे । विभाजित मानसिकता भएका माओवादीहरू एक ठाउँमा उभिएपछि ६४ को चालमा फर्किने बताए । केन्द्रीय समितिको बैठकले एकताको सन्देश दिएको र यो बिस्तारै अगाडि बढ्ने जिकिर गरे।
लाइभदाङ । २८ माघ २०८१, सोमबार १९:५५ बजे