आफुलाई अन्यायपुर्बक वडा अध्यक्षबाट हटाईएको दाबिसहित उच्च अदालत पुगे जितेन्द्र शाह

दाङ, ७ भदौ ।
घोराही ८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहले आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै कानुन बिपरितको कदम रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन् ।

उनले आफुलाई एक पटक पनि सफाईको मौका नदिई एकाएक अन्याय गरेर राजिनामा दिएको पनि दुइ बर्षपछि राजिनामा स्विकृत गरेको जनाउदै कुनै कानुनि पनि प्रकृया पुरा नगरि आफुलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरि आफुलाई पुर्बबत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेको शाहले बताए ।


उनले अब आफुले एमालेको सदस्यता फेरि नलिने र सो पार्टीमा नफर्कने भन्दै बाकी कार्यकाल पुरा गर्न अदालतले आफुलाइ पुर्नबहालि गरिदिने बिश्वास ब्यक्त गरेका छन् । जनताको मन जित्ने काम गर्दा गर्दै पदबाट हटाईएको दाबीसहितको रिटमा उनले गैरकानुनि ढङ्गबाट मनलाग्दी तरिकाले पदबाट हटाईएको बताएका छन् । कानुनि लडाई आफुले जित्ने र बाकि कार्यकाल जनताको मन जितेर काम गर्ने इच्छा रहेको बताए ।

शाहले आफुलाइ पदबाट हटाउने घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उप प्रमुख हुमा डिसिसहित सिङ्गो कार्यपालिकालाइ बिपक्षि बनाई अदालतमा रिट हालेका हुन् । शाहको पक्षमा अन्तरिम आदेश आएमा मेयर चौधरी नैतिक संकटमा पर्ने छन् ।