अप्टिमिष्ट क्लवको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

तुलसीपुर, २५ माघ । अप्तिमिष्ट क्लब अफ तुलसीपुरले रक्तदान कार्यक्रम गरेको छ ।

क्लबका पदाधिकारीहरु तथा ग्रेट अरनीकोका शिक्षकहरु र बिद्यार्थीहरु गरी १९ जनाले रक्तदान गरेका थिए । त्यस्तै एउटा कक्षाका करीब ४० जना विद्यार्थीहरुलाइ ब्लड ग्रुपिङ पनि गरिएको थियो ।

सामाजिक सेवाभाव राखि बालबालिका, किशोरकिशोरी युवा लगायत, समस्त मानवजगतमा देखापरेको निराशाको जालो हटाई आशाका किरणहरु जगाउन तुलसीपुरमा क्लब स्थापना गरिएको हो ।

क्लबले हरेक बर्ष फेब्ररवरीको पहिलो विहीबार पहिलो स्थपना दिवस मनाउँदै आएको छ । क्लबका अध्यक्ष एकराज भण्डारीको अध्यक्षता एवं नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेश्नलका लेफ्टिनेन्ट गर्भनर तथा तुलसीपुरका संस्थापक मानबहादुर बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


कार्यक्रममा नेपाल जुनियर रेडक्रस दाङका संयोजक भिमलाल मरासिनि , नेपाल रेडक्रस सोसाइटि दाङ शाखाका प्रमुख बिश्राम अधिकारी, क्लबका बरिष्ठ सल्लाहाकार विष्णु देवकोटालगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा क्लबले तुलसीपुर देखि पश्चिम क्षेत्रमा हाल सम्म धेरै पटक (५२ औं पटक) रक्तदान गर्ने रक्तदातालाई सम्मान पनि गरेको थियो ।

हरेक तीन महिनामा रगत आफै खेर जाने भन्दै खेर जाने रगतलाई दान गर्नुपर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले क्लबले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गरेको र अझै धेरै गर्नुपर्ने बताए । क्लबका बरिष्ठ उपाध्यक्ष मेघराज घिमरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण महासचिव मेघराज पोख्रेलले गरेका थिए ।