समाजमा जरो गाडेर रहेका कुरीती र कुसंस्कारको अन्त्य गर्न आजका युबाको दायित्वः अध्यक्ष गिरी

प्रमोद आचार्य
दंगीशरण, २३ मंसिर ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा महिला पुर्नस्थापना केन्द्र ओरेकको सहकार्यमा २ दिने युबा नेतृत्व तथा पैरवी योजना निर्माण सम्बन्धी २ दिने तालिम दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरीको शभापतीत्वमा सम्पन्न २ दिने तालिमको समापन अबसरमा बोल्दै अध्यक्ष गिरीले समाजमा जरो गाडेर रहेका कुरीती र कुसंस्कारको अन्त्य गर्न आजका सचेत युबाको दायित्व र कर्तब्य रहेको बताउनुभयो ।

सभ्य समाज निर्माण र समृद्ध समाज निर्माण गर्न समाजमा रहेका हरेक नागरीक सचेत हुनुपर्ने बताउनुभयो । अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले बाल बिबाह, महिला हिंसा ,लागु औषध जस्ता जरो गाडेर बसेका कुसंस्कार हरुको अन्त्य गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका महिला बालबालिका सहायक निरीक्षक चन्द्रा वलिले युबाहरुले हिंसामा परेका र आवाज उठाउन नसकेका दबेका आवाजहरुला बुलन्द रूपमा उठान गरी पालिकाको न्यायिक समितीसम्म ल्यायर समस्या समाधानमा मध्यस्थताको भुमिका खेलीदिन आग्रह गर्नुभयो ।

पछिल्लो समयमा समाजमा बढीरहेका विकृती विसगंतीको न्युनीकरण गर्न पनि आजका युबाहरुको महत्त्वपूर्ण भुमिका हुने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । दुइ दिने तालिमले युबाहरुमा समाजमा भएका विकृती विसगंतीको न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको तालिममा सहभागी हिरा डाँगीले बताउनुभयो । तालिममा हिंसा कसरी हुन्छ किन हुन्छ र नेतृत्वमा युबाहरुको सहभागीता कसरी वृद्ध गर्न सकिन्छ भन्नेकुरामा धेरै ज्ञान प्राप्त गर्न सफल भएको बताउनुभयो ।

यस्तै अर्का सहभागी इन्द्र बहादुर परीयारले तालिमले समाजमा हुने गरेका विभिन्न हिंसाहरुको न्यूनीकरण गर्न समाजका नागरीकरुलाई सचेत गराउन तालिम निकै फलदायी रहेको बताउनुभयो । २ दिने तालिमको प्रशिक्षकमा ओरेकका कार्यक्रम सयोजक सुलोचना खनाल रहनुभएको थियो, भने तालिम समापन कार्यक्रमको सहजीकरण ओरेकका जिल्ला सयोजक ईश्वरी थापाले गर्नुभएको थियो ।