मावि दोघरेमा खेलकूद सप्ताह

तुलसीपुर, २३ माघ । पचासौँ वार्षिक उत्सव तथा स्वर्णजयन्तीको अवसरमा माध्यमिक विद्यालय दोगरेले खेलकुद सप्ताहको उद्घाटन गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दगिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले खेल नै समृद्धिको आधार भएको बताए ।

उनल सामुदायिक विद्यालयको स्तरोन्नती गर्नको लागि विद्यालयको तर्फबाट पनि अभिभावकसँगको सम्बन्ध सम्पर्क र समन्वयलाई बढाउने कुरामा जोड दिए । विद्यालयको उन्नयनको लागि नगरपालिकाबाट हुनसक्ने सहयोग सदैव रहने समेत उनले बताए ।


कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, वडा नम्बर ८ का वडा अध्यक्ष धर्मराज ओली, तुल्सीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मनबहादुर खड्का,विद्यालय व्यवस्थापन समितिका सल्लाहकार टिकाराम रेग्मी, मुक्तिप्रसाद न्यौपाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

विद्यालयको तर्फबाट विद्यालयको प्रधानाध्यापक सुनिता यादवले खेलकुद सप्ताहको औचित्यमाथि प्रष्ट पाारेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सूचना अधिकारी मेघराज पोखरेलले गरेका थिए ।