दंगीशरण गाउँपालिकाकाे १८ औं गाउँसभा सम्पन्न

दंगीशरण, १७ चैत ।
दंगीशरण गाउँपालिकाले १८ औं गाउँसभा दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

शुक्रबार गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभामा पेश गरेको दंगीशरण गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम माथिको संसोधन प्रस्ताव,दंगीशरण गाउँपालिकाको स्थानिय वन सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक २०८१ ,दंगीशरण गाउँपालिकाको दलित शसक्तीकरण सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक २०८१,दंगीशरण गाउँपालिकाको जलचर तथा जैविक विविधताको संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक २०८१,महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको बेरुजु फर्छयौट सम्बन्धमा लेखा समितीको वार्षिक प्रतिवेदन माथि छलफल, आर्थिक वर्ष २०८०र८१ को न्यायिक समितीको वार्षिक प्रतिवेदन माथि छलफल तथा १७ औ गाउँसभादेखि हालसम्म कार्यपालिका वैठकले गरेका निर्णयहरु अनुमोदनका लागि सभामा पेश गरेकी थिइन ।


आइतवार सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले पेश गरेका विधेयक तथा अनुमोदनलाइ पारीत गरीयोस भन्ने सभा अध्यक्ष गाउँपालिका अध्यक्ष शम्भु गिरीले सभामा निर्णयार्थ पेश गरेका सवै प्रतिवेदन विधेयकहरु सर्बसम्मत पारीत भएका हुन् ।