
दाङ, २३ माघ । नेकपा एमाले दाङले घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई कारवाही गरेको छ ।
पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालमा अभिब्यक्ती दिएको भन्दै कारवाही गरिएको हो ।
शाहलाई एमाले दाङको बुधबारको बैठकले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो ।
पटक –पटक सचेत गराउँदा पनि सुधार नगरेको भन्दै कारवाही गरिएको एमाले दाङका सचिब श्याम डाँगीले बताए ।
उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।



लाइभदाङ । २३ माघ २०८१, बुधबार २०:३५ बजे