राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. वसन्त लामिछाने

काठमाडौं १ पुस ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिको जिम्मेवारी डा. वसन्त लामिछानेलाई दिइएको छ। उपकूलपति संगीता भण्डारीको कार्यकाल सकिएपछि निमित्त उपकूलपतिको जिम्मा डा. लामिछानेलाई दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय सहकूलपतिस्तरको पुस १ गतेको निर्णयानुसार प्रा. डा. भण्डारीलाई अर्को उपकूलपतिको नियुक्ति नभएसम्मका लागि उपकूलपतिको हैसियतले कामकाज गर्नेगरी तोकिएको जिम्मेवारीको निर्णय बदर गरिएको छ।


मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘ तपाईँलाई अर्को व्यवस्था नभएसम्मको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक, आर्थिक, शैक्षिक तथा प्राज्ञिक कार्यहरु गर्नेगरी निमित्त उपकूलपतिको जिम्मेवारी दिएको व्यहोरा जानकारी गराएको छ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिको जिम्मेवारी पाएकोमा बधाइ ज्ञापन गर्दै प्रतिष्ठानको सञ्चालन, विकास र विस्तारमा तपाईंको उल्लेख्य योगदान रहने कुरामा मन्त्रालय विश्वस्त रहेको छ।