
तुलसीपुर, २० माघ ।
युनाइटेड एकेडेमी तुलसीपुर–३ दमारगाउ दाङको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष विमल गौतमको अध्यक्षता , तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष वनिल केसिको प्रमुख आतित्थ्यता तथा नेशनल प्याव्सनको केन्द्रीय सदस्य भिम वहादुर वुढाथोकि र जिल्ला अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा वोल्दै प्रमुख अतिथि केसीले ग्रामीण क्षेत्रमा निजि विद्यालय संचालन गर्नु आफैमा चुनौतिपुर्ण रहेको भन्दै त्यसलाई चिरेर विद्यालयले दियको गुणस्तरीय शिक्षाले यहाका वालवालिकाको भविष्य उज्जवल भएको भन्दै प्रशंसा गर्नु भयो । केसिले निजि विद्यालयहरुले गुणस्तरीय शिक्षा मार्फत सरकारको ठुलो दायित्व वोध गरिदियको हुदा सरकारि तवरबाट समेत निजि विद्यालयहरुलाई सहुलियत दिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा वोल्दै विशिष्ट अतिथि द्वय वुढाथोकि र न्यौपानेले निजि लगानिमा संचालित प्राईभेट स्कुलका कारण नेपालको शिक्षाा माथि उठेको भन्दै राज्यवाट दिने सेवा सुविधावाट भने वन्चित गरेको बताउनुभयो । सो अवसरमा विद्यालयका पुर्व अध्यक्ष झरेन्द्र खरेल, वन महासंघ तुलसिपुुरका अध्यक्ष रक्षा काफ्ले, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसी, प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारी, लुम्बिनी सेरोफेरोका सम्पादक आषिस केसी, अभिभावक दिपक खडका, जीवन प्रेमि वोडिङ स्कुलका प्रिन्सिपल तिलक हमाल लगायतकाले शुभकामना व्यक्त गर्नु भएको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले विभिन्न आकर्षक गतिविधिहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले समसामयिक विषयहरूमा आफ्ना विचार प्रस्तुत गर्ने वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी, विविध संस्कृतिहरू झल्कने सांस्कृतिक नृत्य, संगीत, चित्रकला, नाटक तथा कविता वाचन जस्ता प्रतिभा प्रदर्शन गरेका थिए ।
सो अवसरमा वार्षिकोत्सबका अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगिताको विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफि प्रदान गरिएको थियो भने वर्ष उत्कृष्ट शिक्षकमा सिर्जना वलि र वर्ष उत्कृट अभिभावकबाट धनी सोमै र प्रतिक परियार सम्मानित हुनु भएको थियो । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा स्थानिय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन विद्यालयका पुर्व प्रिन्सिपल कुलदिप गौतमले गर्नु भएको थियो ।



लाइभदाङ । २० माघ २०८१, आईतवार १७:५१ बजे