रगैचामा नोलाईटको कार्यालय सिलन्यास

तुलसीपुर, २७ चैत । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैचामा नेपाल विद्युत प्राधिकरणको नोलाईट सेवाको कार्यालय सिलन्यास गरिएको छ ।

मंगलबार कार्यालयको सिलन्यास गरिएको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशालीले उक्त कार्यालयको सिलन्यास गरेका हुन् ।

स्थानीय गिरीराज बस्नेतले जग्गा प्रदान गरेपछि सोही ठाउँमा नोलाईट सेवाको भवन निर्माण प्रक्रिया अघि बढाईएको हो । ४३ लाख छ० हजार लागतमा उक्त भवन निर्माण हुँदैन ।


जहाँबाट शान्तिनगर, दंगीशरण र बबईका ८ हजार बढि ग्रहाकले सेवा लिनेछन् । यस अघि नै सोही ठाउँबाट नोलाईट सेवा सुरु भइसकेको छ । हाल भाडाको भवनबाट उक्त सेवा सुरु भएकाले भवन निर्माण भएपछि आफ्नै भवनबाट सेवा प्रवाह हुने प्रमुख गोशालीले बताए ।