माओवादी केन्द्र दंगीशरणको अध्यक्षमा गौतम

तुलसीपुर, १९ माघ ।
नेकपा माओवादी केन्द्र दंगीशरणको अध्यक्षमा दीपक गौतमलाई चयन गरिएको छ । शनिबार भएको तेस्रो अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।


जसको उपाध्यक्षमा माधव विक, दिलकुमारी विक र हिरा चौधरी, सचिबमा टोपाराम चौधरी, सहसचिबमा मदन घर्ती र कोषाध्यक्षमा दिब्यज्योति थापालाई चयन गरिएको छ ।