रेडक्रसको स्थापना दिवसमा डेंगु विरुद्ध अभियान

सुशील बस्नेत
तुलसीपुर,१९ भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस मंगलबार विविध कार्यक्रम गरि मनाईएको छ । दिवसका अवसर पारी रेडक्रसले दाङमा डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षक नायकसंग अन्तरक्रिया गरेको छ । विभिन्न विद्यालयका शिक्षक नायकलाई संक्रमण बच्ने उपायका लागि समुदायमा अभियान चलाउन कार्यक्रम केन्द्रित गरिएको रेडक्रस दाङका कार्यक्रम अधिकृत विश्राम अधिकारीले जानकारी दिनुभयो ।

जुनियर रेडक्रस सकर्ल गठन भएका तुलसीपुर उपमहानगरपालिका भित्रका शिक्षक नायकले उक्त कार्यक्रमबाट डेंगु विरुद्ध जानेको कुरा विद्यार्थी मार्फत घर समुदाय सम्म पुर्याउने गतिलो माध्यम भएको अधिकारीले भन्नुभयो ।

यसैबिच, स्थापना दिवसका अवसर पारी रेडक्रसले विभिन्न पक्षहरुलाई एकै स्थानमा सहभागी गराई बिपत्तबाट बच्ने उपाय र कसरी स्वमसेबी भावका साथ सकृय हुन सकिन्छ भन्ने उदेश्यले अन्तरक्रिया गरेको छ ।


मनैबाट सेवा गर्छु भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका निवर्तमान सभापति नारायण आचार्य, केन्द्रिय सदस्य भगवती शर्मा, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष दुजमान भण्डारी, रेडक्रस दाङका संस्थापक महामन्त्री नवराज रजौरेले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै, मानव अधिकारकर्मी एवं संबादका वरिष्ठ सहजकर्ता सुशील बस्नेत, भु तथा जलाधार ब्यबस्थापन कार्यालयका प्रमुख शेषदत्त चौधरी,सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापा,उप शाखा तुलसीपुरका सभापति देवका नेपाली,रेडक्रस दाङका पुर्व उपसभापति धर्मराज न्यौपाने, शिक्षक नायकद्वय फरिन्द्रराज अधिकारी र सन्तोष परियारले बोल्नुभएको थियो ।

शाखा सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शाखा उपसभापति हरिहर पौडेलले स्वागत मन्तव्य र संचालन उपमन्त्री बिमल केसीले गर्नुभएको थियो ।