रूकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम

रुकुम पूर्व, २७ भदौ ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक ईजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो । प्रधानान्यायधिश विश्वम्भर प्रशाद श्रेष्ठ, न्यायधिश ईश्वरीप्रशाद खतिवडा, डा.आनन्दमोहन भट्राई, अनिल कुमार सिन्ह र प्रकाशमान सिंह रावतको ईजलासले जिल्ला सदरमुकाम रुकुमकोट कायम गरेको हो ।

२०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगंगा १२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाललगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । उक्त मुद्धाको संवैधानिक ईजलासबाट सुनाई गर्दै रिट आदेश भएको हो ।


रुकुम पूर्व ६ वर्ष देखि सदरमुकामको विषयमा टुङ्गो नलाग्दा सरकारी कार्यालय निर्माण देखि अन्य काममा अन्यौता भएको थियो । आज संवैधानिक ईजलासबाट रिट आदेश आएसंगै जिल्ला सदरमुकामको विवाद टुङ्गो लागेको हो ।