
तुलसीपुर,१७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले लुम्बिनी प्रदेशका कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई घ्यू उपहार दिएको छ । बुधबार भएको १७ औं बार्षिकोत्सवका अवसरमा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले आफ्नै संस्थाले उत्पादन गरेको घ्यू मन्त्रीलाई उपहार दिएको दिएका हुन् ।
संस्थाले बचत तथा ऋणसहित डेरी, पेट्रोल पम्प, रेडियो र विद्यालय सञ्चालनमा ल्याएको छ । त्यस अवसरमा मन्त्री पन्थीले सहकारीले उत्पादनमा जोड दिनपर्ने बताए । उत्पादनविना सहकारी अगाडी बढ्न नसक्ने समेत उनको भनाई थियो । सहकारीले न्यून आर्थिक अबस्था भएकाहरुको अबस्थालाई सुधार गर्न भूमिका खेल्नु पर्ने समेत बताए । पछिल्लो समय केही सहकारीहरुका कारणले राम्रा सहकारीहरु पनि बदनामित हुनुपर्ने अबस्था रहेको समेत उनले बताए ।
त्यस अवसरमा प्रदेश सहकारी बोर्ड लुम्बिनीका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारीलाई बर्गीकरण गर्न थालिएको बताए । त्यसकालागि कर्मचारी समेत परिचालन गरिएको उनको भनाई छ । बिभिन्न पाँच भागमा सहकारीलाई बर्गीकरण गर्ने तयारी रहेको उनको भनाई थियो ।
उक्त सहकारीका चार हजार बढि सेयर सदस्य छन् । २०६४ सालमा उक्त सहकारी स्थापना भएको हो ।
संस्थाले विभिन्न कार्यक्रम गरेर १७ औँ वार्षिक उत्सव मनाएको हो । त्यस अवसरमा अध्यक्ष भण्डारीले नेपालमै सहकारीका माध्यमबाट आर्थिक विकास खोज्न हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीको स्थापना गरिएको बताए ।
संस्थाले सदस्यहरुलाई सहकारीको माध्यामबाट स्वरोजगार सिर्जना गरेको बताए । संस्थाले हालसम्म १०७ जनालाई रोजगारी प्रदान गरेको छ भने १ हजार २ सय जनालाई स्वरोजगारी प्रदान गरेको छ ।
आगामी पाँच वर्ष पछी संस्थाको पूँजी बढाएर पाँच हजार जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेको बताए । उनले कृषि क्षेत्रमा विउविजनको कार्यक्रम संचालन गर्ने र सदस्यहरुलाई उद्यमशिल बनाउने संस्थाको योजना रहेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार भरत भण्डारीले २५ जना बाट सुरु भएको सहकारीमा अहिले चार हजार बढी सदस्य आवद्ध रहेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा तुलसीपुर–७ का अध्यक्ष राम बहादुर जीसी, तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारी, बाघमारे कृषि सहकारी संस्थाका अध्यक्ष चुडामणी खरेल, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारी, तुलसी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भाष्करराज गौतम, राप्ती विश्वासी सहकारी संस्थाका उपाध्यक्ष बिक्रम बहादुर सुनार, प्याव्सन लुम्बिनी प्रदेशका सदस्य बासुदेव रिजाल, साल्ट ट्रेनिङ कर्पोरेशन घोराहीका प्रमुख रामबाबु प्रसाद गुप्ता, नारी जागरण बहुउेश्यीय सहकारी संस्थाका सचिव शान्ता चन्द, नेपाल पत्रकार महासंघ दाङका शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।



संस्थाले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, सेवाग्राही, वचतकर्ता, ऋणी, विज्ञापनदातालाई सम्मान गरेको छ । त्यसैगरी रेडियोका स्रोता, उच्च कारोवार गर्ने सेयर सदस्य, अक्षकोषदाता, जेष्ठ नागरिक र उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
त्यस अवसरमा हाम्रो पहुँच माविमा अध्ययनरत विद्यार्थीले विज्ञान सामग्री प्रर्दशनी गरेका छन् भने विद्यार्थीले विभिन्न व्यवसाय समेत संचालन गरेका थिए । विद्यार्थीले चटपटदेखि चाउमिन, मम लगायतका व्यापार गरेका छन् । यस्तै गित, नृत्य, लगायतका प्रस्तुत गरिएको छ ।
१७ जना सम्मानित
संस्थाले १७ औं वार्षिक उत्सवको अवसरमा १७ जना सम्मानित भएका छन् ।
संस्थाले उत्कृष्ट कर्मचारी, सेवाग्राही, वचतकर्ता, ऋणी, विज्ञापनदातालाई सम्मान गरेको छ । त्यसैगरी रेडियोका स्रोता, उच्च कारोवार गर्ने सेयर सदस्य, अक्षकोषदाता, जेष्ठ नागरिक र उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
जसमा जेष्ठ सदस्य ८४ वर्षका पुतला देवि घिमीरे, अक्षयकोषदातामा टेक बहादुर थापालाई सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए ।
यस्तै उत्कृष्ट कर्मचारीमा रेडियो विभागका डेस्क रिपोर्टर सरीता चौधरी, रेडियोको उत्कृष्ट स्रोतामा आरएल मगर, उत्कृष्ट विज्ञापन दातामा रिभिजन आइकेयर तथा बन्जाडे आँखा अस्पतालका प्रोप्रराइटर कृष्ण प्रसाद बन्जाडे, डेरी विभागमा उच्च कारोवार गर्ने भिमकान्त बस्नेत, पेट्रोल पम्पतर्फ मोहनलाल घर्ति, विद्यालयतर्फ गिता रिजाल, रेडियोतर्फ यज्ञ बहादुर घर्ति, वचत तथा ऋण विभागतर्फ बसन्त पौडेल पुरष्कृत भएका थिए ।
त्यसैगरी उत्कृष्ट अभिभावकमा कक्षा युकेजीमा अध्ययनरत प्रयास ओलीको आमा पार्वती ओली, उत्कृष्ट बचतकर्ता वसन्ती योगी, उत्कृष्ट बाल बचत कर्ता वविता बुढा, उत्कृष्ट ऋणी तुलसीपुर–४ रक्षचौरका विष्णा रेग्मी, उत्कृष्ट किसानमा नेत्र बहादुर चौधरी, उत्कृष्ट सहकारी समूहतर्फ तुलसीपुर–३ को शुभ विहानी समूह रहेको छ ।
कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारी, सह–प्रधानाध्यापक शिव पुन र तालिम तथा सूचना अधिकृत रेखा शर्माले गरेकी थिइन ।
लाइभदाङ । १७ माघ २०८१, बिहीबार १०:४४ बजे