रबि लामछानेले भने- ‘दाङको ३ वटै क्षेत्रमा क्लिन स्विप पर्छाैं’

दाङ, २१ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाङका तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्ने दाबी गरेका छन् ।

         


‘दाङमा विगतमा पनि क्लिन स्वीप भएको इतिहास छ’ दाङ घोराहीको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक तीनवटै निर्वाचन क्षेत्रमा यसपटक घण्टी बज्छ । घण्टीले क्लिन स्वीप गर्छ।’

रवीले दाङ–२ का उम्मेदवार ईञ्जिनियर विशाल अधिकारीलाई जिताउँन भन्दै भोट समेत मागे । उनले दाङका जनताले ईञ्जिनियर विशाल अधिकारी जस्तो युवा र सक्षम उम्मेदवारलाई पाएकाले घण्टी चुनाव चिन्हमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।