अखिल क्रान्तिकारीको अध्यक्षमा विजय र हेमन्तको टक्कर, कसले कति पाए भोट ?

दाङ, १३ माघ ।
नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ । जारी मतगणनामा अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले अग्रता लिइरहेका छन् । उनलाई हेमन्त राईले पछ्याइरहेका छन् ।

संगठनको नेतृत्व चयनका लागि शनिबार भएको मतदानको परिणाम आउने क्रम जारी रहँदा विजयले ४५३ मत पाएका छन् । त्यस्तै हेमन्त राईले ३९९ मत ल्याउँदा उपदेश यादवले १६८ र सुदिन पौडेलले १४२ मत पाएका छन् ।

प्रदेशगत रूपमा हेर्दा कोशीमा विजयले ४९ मत पाउँदा हेमन्तले ११६ मत पाएका छन् । त्यस्नै सुदिनले १८ र उपदेशले ३५ मत ल्याएका छन् । मधेशमा भने उपदेशले ३० मत ल्याउँदा विजय र हेमन्तले २०/२० मत पाएका छन् ।


बागमतीमा विजयले ८७, हेमन्तले ४८ र सुदिनले १७ मत पाउँदा उपदेशले ५१ मत पाए । गण्डकीमा विजयले ६० मत पाउँदा सुदिनले ६१ मत ल्याए भने हेमन्तले ३९ र उपदेशले १५ मत पाए ।

त्यस्तै लुम्बिनीमा विजयले ८५ मत पाउँदा हेमन्तले ६६, सुदिनले २२ र उपदेशले १० मत पाए । कर्णालीमा हेमन्तले ८२ मत ल्याउँदा विजयले ८० मत पाए । सुदिनले ८ र उपदेशले ५ मत पाए । त्यस्तै सुदूरपश्चिममा विजयले ७२ मत पाउँदा हेमन्तले ५९, सुदिनले १६ र उपदेशले २२ मत पाए ।