दुर्गा मूर्ति बिसर्जनमा गएका दुई जनाको डुबेर मृत्यु

रुपन्देही, ७ कात्तिक ।  दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु  भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।


त्यसै ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताउनुभयो । बेपत्ता सन्तकुमारको खोजी भैरहेको उहाँले बताउनुभयो । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।