व्यसायलाई प्रविधिसंग जोड्नुपर्ने

तुलसीपुर, १० पुस ।
व्यवसायलाई समय सापेक्ष प्रविधिसंग जोडेर लैजानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । तुलसीपुर मोवाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिको शनिबार तुलसीपुमम सम्पन्न प्रथम साधारणसभामा बोल्ने बक्ताहरुले सो बताएका हुन् । प्रविधिको उचित प्रयोग संगै व्यवसाय बृद्धि, व्यवसायीक सुरक्षा तथा जनशक्तिको कम प्रयोग हुन सक्नेमा बक्ताहरुको जोड थियो ।
समितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले मोवाइल तथा इलेक्ट्रोनिक व्यवसायी प्रविधी संग सम्बन्धित भएकाले आफूहरुपनि प्रविधिको प्रयोग गरि अरुलाई पनि प्रविधिको प्रयोगमा प्रेरित गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि चालिसेले उद्योग वाणिज्य संघ व्यवसायीको हीतमा काम गर्ने संस्था भएको भन्दै व्यवसायीको बिरोधका बीच मेला महोत्सव सञ्चालन नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । आगामी बर्षकालागि मेला महोत्सव सञ्चालन कार्यविधि तयार पारी लागू गर्ने बिषयमा स्थानीय सरकारसंग छलफल भएरहेको चालिसेले बताउनु भयो । उपमहानगरपालिकाले तोकेको सरसफाइ शुल्क मासिक ५ सय र पसलहरुको बोर्डको कर प्रति बर्गफिट ४ सय रुपैयाँ बढि भएकाले त्यसलाई संशोधन गर्न माग गरिएको उहाँले जानकारी दिनुभयो । बढि भएकाले त्यसलाई संशोधन गर्न माग गरिएको ।
समितिका सदस्य नवीन वलीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, महासचिव विनिल केसी, सदस्य दीपेश भण्डारी, तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष मेघराज घिमिरे, समितिका निबर्तमान अध्यक्ष दुर्गा भुसाल, सल्लाहकार विमल पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष चेतन कडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।
यसैबीच साधारणसभाले रिक्त महासचिव पदमा शुसान्त सापकोटा र किशोर वलीलाई सल्लाहकारमा चयन गरेको छ । सभामा बोल्ने व्यवसायीहरुले पुर्ण व्यवसायीक शुरक्षाको ज्ञारेन्टीको माग गरेका छन् । तुलसीपुर बजार सौंदाझै बन्दहुने, घरभाडा, फोहोर व्यवस्थापन, सुरक्षा, रात्रीकालिन चौकिदार लगायतका बिषयमा ध्यान दिन आग्रह व्यवसायीहरुले आग्रह गरेका थिए ।।