तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

तुलसीपुर, ८ माघ ।
दाङको तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवरपुर निवासी अन्दाजी २७ वर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ वनहरीस्थित घरको दुइतला माथिबाट खसेर चौधरी गम्भिर घाइते हुनुभएको थियो ।


घाइते चौधरीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएकोमा उपचारकै क्रममा सवा ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।