
भीमबहादुर वली
जीवन र जगत तथा संसारलाई बुझ्ने कुरामा फरक कति हुन्छ भन्दा आत्मगत वा मनोगत बुझाई र वस्तुगत बुझाईमा छिपछिपे पानी र गहिरो तलाउ जत्तिकै फरक पर्छ । गहीरो तलाउको प्रारम्भ छिपछिपेबाटै हन्छ त्यसैले छिपछिपेमा घँुडा टेकेर तलाउको ब्याख्या गर्नु र स्यालले हात्तीको सिकार गर्न खोज्नु वा ब्वासोले सिंहमाथी आक्रमण एक्लै गर्न खोज्न दुस्साहस मात्र नभई आत्मघाती नै हुन्छ ।
तर समुहमा गर्दा आत्मरक्षात्मक हुन्छ । आजहामीहरू जान–अंजानबस केही न केही सिकार भएको कुरा सत्य हो । तर विपरितमा सिकारको लक्ष्य केन्द्रित हुन्छ भने एउटै जाती र वर्गमा अस्तित्व रक्षाका लागि इतिहासदेखि संघर्ष चल्दै आएको छ । संघर्ष कहिले सुषुप्त हुन्छ भने कहिलेकाँही विद्रोहात्मक हुन्छ त,कहिले काही सन्तुलन उन्मुख आदी ।
आज हाम्रो परिस्थितिका कारण अलि प्रतिसोधात्मक र निषेधात्मक पनि बन्दै गएको छ भने लुकेको दुश्मन खुलेर आउदै छ । मित्र पनि आफ्नो धरातल छोडने तयारीमा देखिन्छ । यी सबै कुराहरू जोडदा समाजले अग्रगमन होइन प्रतिगमणतिर दौडनलाई अन्तिम तयारी पूरा गर्दैछ । हाम्रो सचेत प्रयत्न आफ्नै जाति र बर्गमा सन्तुलन कायम गर्नु हुन्छ भने विपरितहरूमा असन्तुलन कायम हुन पुग्दैछ । यो समाज विज्ञान र संघर्षको आफ्नै नियम छ । त्यसलाई कसैले चाहेर रोकिने र नचाहेर दौडने यी दुबै हाम्रा कारणले हुदैन । परिस्थिति परिपक्क भयो भने बस्तुगत संसार आफ्नै आन्तरिक गतिको नियममा चल्छ ।
सोही बाटो समाज चल्दैछ तर मनोगत सोँचले कति रोकिन्छ सो कुरा पर्खाइको विषय हुनसक्छ । खराब र असलकाबीचको द्धन्दवाद आन्तरिक रूपले जे तयारी भएको छ,सोही प्रष्फुटित हुनेछ। (लेखक : माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हुन् ।)




लाइभदाङ । १ पुष २०७८, बिहीबार १०:४६ बजे