ऋतु द्वारा त्रिदोष ज्ञान 

प्रेम आर्य
कुन महिनामा के नगर्नेः–
चैतमा गुडको सेवन, वैशाखमा तेल,
जेठमा दिउँसो घुम्ने, आषाढमा बेलस
साउनमा सागको सेवन, भदौमा दही,
असोजमा करेला, कार्तिकमा मोही,
मङ्सिरमा जीरा, पुषमा धनिया,
माघमा मिश्री, फाल्गुनमा चना ।
कुन महिनामा के गर्नेः–
चैतमा नीमको सेवन, वैशाखमा जडहनको भातस
जेठमा दिउँसो विश्राम, असारमा सातु,
साउनमा हर्रो, भदौमा चिता, असोजमा गुड,
कार्तिकमा मुला, मङ्सिरमा तेल, पुषमा दुध,
माघमा घिउ-खिचडी, फागुनमा प्रातःस्नान ।
ग्रीष्म ऋतु (वात संग्रह, कफ निग्रह):– गर्मी ऋतु सबैभन्दा अधिक सुख्खा रहने कठिन मौसम हो। चैत्र देखि जेठ सम्म अत्यधिक गर्मि रहन्छ।  यस ऋतुमा पाचक अग्नि मंद हुन्छ त्यसैले हल्का तथा सुपाच्य भोजन गर्नु पर्दछ । सितल वस्तु, सातु, नारियल पानी, खश, चन्दन, मोही, तरबुजा, खरबुजा, पातलो दाल, ताजा फलको रस , काँचो प्याज र आँपको सेवन गर्नु पर्दछ। शरीर भित्र वातको संचय हुन शुरू हुन्छ र कफ प्रधान रोगहरुको निदान राम्रो संग हुन्छ। दिनमा सुत्नाले कफको वृद्धि हुन्छ तर भोजनोपरांत केहिबेर विश्राम गर्नु पर्दछ। किनकि गर्मीमा वायु उष्ण भएको कारणले फैलन्छ र शरीरमा भएको पानीलाई सोस्ने गर्दछ। गर्मीको मौसममा माटाको घैँटोमा राखिएको पानी खानु लाभप्रद हुन्छ।
वर्षा ऋतु (पित्त संग्रह, वात प्रकोप):– हाम्रा आयुर्वेदका ग्रन्थहरुमा साउन र भदौ महिनालाई वर्षा ऋतु मानिएको छ। वर्षा ऋतुमा उष्णता अधिक हुन्छ र पसीना पनि अधिक आउँछ।  वर्षा ऋतुमा वात सम्बंधित रोग उत्पन्न हुन थाल्दछन्। अर्थात् वर्षामा वात कुपित हुन्छ। सर्दीमा नै वातको उपचार गर्नु पर्दछ। किनकि सर्दीमा वायु ठण्डीको स्पर्शको कारणले संकुचन हुन्छ त्यसैले सर्दीमा नै यसको उपचार सहि मात्रामा गर्नु पर्छ।
यो मौसममा अधिकांशतः मानिसहरुको पेट खराब रहन्छ। संक्रामक रोगहरु बढ्ने खतरा रहन्छ। सामान्यतः शरीरमा पित्तको संचय हुन्छ, किनभने शरीरमा आर्द्रता बढ्ने हुनाले वर्षाका दिनमा हरिया सागपात जसमा पानीको मात्रा अधिक हुन्छ, त्यस्ता वस्तु र दुध सेवन गर्नु हुँदैन।
वर्षाका दिनमा उपवास रहनु उत्तम मानिन्छ। बेलुकी सूर्यास्त भन्दा पहिले सुपाच्य अल्पाहार गर्नु पर्दछ। वर्षाको पानी यदि सुद्ध पात्रमा एकत्रित गरेर सेवन गर्ने हो भने पेट सङ्ग सम्बंधित अनेकौं समस्यामा औषधिको कार्य गर्दछ। वर्षा मौसममा तामाको भाँडोमा राखिएको पानी सेवन गर्नु उत्तम मानिन्छ।
शरद ऋतु (पित्त कुपित):– असोज र कार्तिक महिना शरद ऋतुको समय हो, यति बेला शरीरमा पित्तको प्रभाव देखिन थाल्छ अर्थात्, वर्षामा संचित भएको पित्त कुपित हुन्छ।
अपथ्यः
यति बेला दिनमा सुत्नु हुँदैन, तेल तथा तेल बाट बनेका वस्तु खानु हुँदैन, दही खानु हुँदैन, भन्टाको तरकारी खानु हुँदैन, पेटभरि भोजन गर्नु हुँदैन, दिनमा घाममा घुम्नु, र रातमा खुला आकाशमा सुत्नु हुँदैन, यो मौसममा मैथुन क्रिया पनि गर्नु हुँदैन, अधिक नुनिलो, पिरो र अमिलो पनि खानु हुँदैन, यो मौसममा गहुँत पनि सेवन गर्नु हुँदैन।
पथ्यः
शरद ऋतुको प्रारंभ नै श्राद्ध बाट हुन्छ, स्थानीय चामल र दुध बाट बनेको खीर खानु पर्छ, यसमा चिनी वर्जित छ, गुड, मिश्री, इलाइचीको प्रयोग गर्नु पर्छ। यसमा उष्ण प्रकृतिका बदाम, काजु, पिष्ता आदि सुख्खा फल प्रयोग गर्नु हुँदैन, भोजन बनाउन वैदिक विधि पूर्वक निर्मित गाईको शुद्ध घिउको प्रयोग गर्नु पर्दछ, पुरी रोटि पनि शुद्ध घिउमा नै बनाउनु पर्दछ, शीतल प्रकृतिका लौका, तुरई, परवल आदि तरकारी सेवन गर्नु उत्तम मानिन्छ, भोजनमा पुरानो धानको चामल, जौ, कोदो, फापर आदि अनाजको प्रयोग गर्नु पर्छ, पित्त शान्त गर्ने तीन रसः गुलियो, तितो र टर्रो अधिक प्रयोग गर्नु पर्छ, यो ऋतुमा भोजन भन्दा पहिले खीर, खुवा, बर्फी आदि खानु श्रेष्ठ हुन्छ, नीमको दतिवन प्रयोग गर्नु, ज्वरो आउँदा चिराइतो, कटुकी, लहरे गुर्जो, अदुवाबाट बनेको काढाको प्रयोग अती उत्तम मानिन्छ, सौंफ र  धनियाको सेवन प्रतिदिन गर्नाले पित्त शान्त रहन्छ र संक्रामक रोगबाट बच्न सकिन्छ, यो ऋतुमा हल्का, सुपाच्य, घिउ बटा बनेका भोजन गर्दा अत्यन्त लाभ हुन्छ।
हिउँद ऋतू (वात शमन, कफ संचित):– यो ऋतुमा शरीरमा वातको शमन र कफको संचय हुन शुरू हुन्छ र कफको प्रकोप वसंत ऋतुमा देखिन्छ त्यसैले कफको प्रकोप बाट बच्नका लागि गर्मीमा यसको उपाय गर्नु उत्तम मानिन्छ। यो ऋतुमा जठराग्नि (पाचक अग्नि) अत्यन्त तीव्र हुन्छ र रात लामा हुने हुनाले भोजन सजिलै पच्छ। यो ऋतुमा शरीरमा तेल मालिस,  व्यायाम, घिउबाट बनेका गरम प्रकृतिका पौष्टिक भोज्य पदार्थको सेवन गर्नु पर्दछ। यो ऋतुमा बिहान मनतातो पानीले स्नान गर्नु पर्दछ।
यो मौसममा सुनको पात्रमा राखिएको पानी सेवन गर्नु पर्दछ। यदि सुनको पात्र नभए घैँटोमा सुनको कुनै गहना राख्न पनि सकिन्छ। ऋतुको प्रकृति र लक्षणको आधारमा आफ्नो आहार र दिनचर्या बदल्नु पर्छ जसबाट हामी स्वस्थ्य तथा निरोगी रहन सकौं।