तुलसीपुर नगर जेसिजको पदहस्तान्तरण

तुलसीपुर, ५ माघ । तुलसीपुर नगर जेसिजको नयाँ कार्य समितिलाई पदहस्तान्तरण गरिएको छ । शनिबार १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

बर्ष २०२५ कालागि नव निर्वाचित अध्यक्ष सन्दिप भुसालको टिमलाई पद हस्तान्तरण गरिएको हो । जसको कार्यकारी उपाध्यक्षमा रमेश रेग्मी ,केशवराज न्यौपाने,उपाध्यक्षमा धीरज बस्नेत,बसन्त योगी,विकास जंग मल्ल, सुरज केसी, महासचिवमा बुद्धिराज सापकोटा, सहसचिव सुदिप केसी, कानुनी सल्लाहकर सुरज भण्डारी, जनसम्पर्क अधिकारी मेघराज पोख्रेल,अध्यक्ष सलाहकार मनिष जंग शाह, मानबहादुर बस्नेत, कोषाध्यक्ष शैलेन्द्र कुमार ओलीको टिमलाई पदहस्तान्तरण गरिएको हो ।

बर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका यातायात तथा खेलकुद मन्त्री प्रचन्ड विक्रम न्यौपाने‘गुन्टु’ले नेतृत्व विकास, उद्यमशील कार्यहरु, सामाजिक , स्वास्थ्य, वित्तीय लगायतका क्षेत्रमा जेसिजले गरेको कार्यको प्रशंसा गरे ।


नेतृत्वले जेसिजबाट धेरै कुरा सिक्नु पर्ने समेत बताए । कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रमुख टीकाराम खड्कालगायतले युवाहरुलाई नेतृत्वको विकाशको क्षेत्रमा भूमिका खेलेको बताए । जेसिजले सामाजिक कार्यहरु गर्दा स्थानीय सरकारसंग समन्वय गर्नु पर्ने समेत बताए ।

कार्यक्रममा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धे, तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, त्रिसिद्धेशरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, पूर्वअध्यक्ष झारेन्द्र खरेल, महिला अधिकारकर्मी सुष्मा गिरी,त्रिभुवन नगर जेसिजका अध्यक्ष अनन्त रावतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब कमल प्रकास शर्माले गरेका थिए ।