
तुलसीपुर, ८ बैशाख। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतिपुर निवासी ८३ बर्षीय नारायण आचार्यको बन्दुकको गोली प्रहारले निधन भयो ।
यद्यपी उनी आफैले गोली प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ । उनी आईतबार मात्रै तुलसीपुर स्थित घर पुगेका थिए । २ महिना अघि काठमाडौंबाट तुलसीपुर आएका उनको सोमबार दिउसा ३ बजेतिर गोली लागेको अबस्थामा मृत फेला परेका थिए । काठमाडौंबाट कुलपुजाकालागि उनी आईतबार मात्रै तुलसीपुर आएका थिए ।
उनको सोमबार अपरान्ह ४ बजेतिर आफ्नै कोठामा गोली लागेको अबस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का उठाएर शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखेका छ । उनका एक छोरा र एक छोरी छन् । छोरा काठमाडौंबाट आज राति नेपालगञ्ज एयरपोर्ट हुँदै दाङ आउने र उनी आएपछि मात्रै शव परीक्षण गर्ने तयारी रहेको छ ।
उनी ६ कार्यकाल नेपाल रेडक्रस सोसाइटी दाङका सभापति भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुयरका प्रहरी नायब उपरीक्षक अनिल सिंह ठकुरीका अनुसार आफ्नै घरको सुत्ने कोठामा छातीमा १२ बोरको दुई नाले बन्दुकबाट गोली लागेको अवस्थामा शव फेला परेको हो। परिवारका सदस्यले गोली लागेको अबस्थामा देखेपछि अपरान्ह ४ बजे प्रहरीलाई खबर गरेका थिए ।
आचार्य आफैले गोली हानेको हुन सक्ने प्रहरीले अनुमान गरेपनि थप अनुसन्धानको कार्य भइरहेको छ । साथै बन्दुक वैध/अवैधका विषयमा पनि अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ । आचार्यका एक छोरा र एक छोरी छन् । ति छोरा र छोरी जेठी श्रीमती तर्फका हुन् ।



लाइभदाङ । ८ बैशाख २०८२, सोमबार २२:४१ बजे