तुलसीपुर उपमहानगरपालिकाले केही दिन अघि मात्रै फोहर व्यबस्थापनकालागि भन्दै ब्यबसायीहरुबाट रकम अशूल गर्ने सूचना ग¥यो । लगतै त्यो सूचनाप्रति व्यबसायीहरुले आपत्ति जनाउन थाले । उपमहानगरपालिकाले फोहर व्यबस्थापनकालागि थुप्रै खर्च गरेको र कर्मचारी पनि खटाएको भन्दै पुनः व्यबसायीहरुबाट फोहर व्यबस्थापनकालागि आर्थिक रकम संकलन गर्नु गलत भएको व्यबसायीहरुले तर्क दिन थाले । अहिले यो विषय गुपचुप बनेको छ । व्यबसायीहरु एउटा मात्रै होईन्, यस्ता धेरै विषयहरुमा उपमहानगरपालिकाप्रति असन्तुष्ट हुँदै अँएको छ । पटक–पटक उपमहानगरपालिकाले ढाड सेक्ने नीति ल्याएको व्यबसायीहरुको गुनासो छ । उपमहानगरपालिकाले आर्थिक संकलनको मुख्य केन्द्र बिन्दु नै व्यबसायीहरुलाई बनाएको देखिन्छ । व्यबसायीहरु एउटा कुराले मात्रै असन्तुष्ट भएका होइनन् । यो भन्दा अघि पनि तुलसीपुरमा विज्ञापन कर असूल्ने सन्दर्भमा उत्तिकै असन्तुष्टिका आवाजहरु आएका थिए । त्यतिबेला पनि बोर्ड राखेबापत कर तिर्नुपर्ने उपमहानगरपालिकाको नीतिप्रति व्यबसायीले कडा आलोचना गरेका थिए ।
उपमहानगरपाकिले यसरी व्यबसायीहरुमाथि नै आँखा लगाउनु अस्वभाविक नै हुन्छ । व्यबसायीहरुका पनि आफ्ना समस्याहरु, चुनौतिहरु छन् । ति चुनौतिहरुसंग सहकार्य गरेर स्थानीय सरकार व्यबसायीहरुसंग एकजुट भएर जाने अबस्था बन्न सकेको छैन । व्यबसायीहरुबीच पनि कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रबृति देखिएको छ । यसले तुलसीपुर क्षेत्रका व्यबसायीहरुलाई पनि टुट–फुट ल्याएको छ । व्यबसायीहरुलाई एक जुट बनाउन सकिरहेको अबस्था छैन । यसैमाथि व्यबसायीहरुसंग समन्वयविना अस्वभाविक कर उठाउँदा व्यबसायीहरु निकै मारमा पर्न सक्छन् । यस तर्फ ध्यान दिन आबश्यक छ ।
व्यापार, व्यबसायीको विकास हुनुपनि समृद्धिको एउटा सूचक हो । व्यबसायीहरुका पनि केही कम्जोरी छन्, नै । तर, व्यबसायीहरुले आर्थिक समृद्धिकालागि खेलेको भूमिकालाई पनि नजरअन्दाज गर्न मिल्दैन । मुलुकका स्थानीय निकायहरु जनप्रतिनिधि विहीन नहुँदा व्यबसायीहरुका संस्थाहरुले राम्रो भूमिका खेले । अब पनि विकास र समृद्धिमा व्यबसायीहरुलाई जोड्नु पर्छ । स्थानीय सरकारले व्यबसायीहरुलाई मिलाएर लैजानु पर्छ । व्यबसायीहरुबाट स्वभाविक र व्यबसायीहरुको सहमति अनुसार कर त उठाउर्न तर, करका नाममा व्यबसायीहरुलाई तरंगित, आतंकित पार्ने कार्य गरिएमा त्यसले यहाँको आर्थिक विकासमा पनि सकारात्मक भूमिका खेल्न सक्दैन । त्यसैले स्थानीय सरकारले यसमा ध्यान दिन आबश्यक छ । साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । १ पुष २०७८, बिहीबार १०:३८ बजे