थारु रहनसहनलाई पर्यटनसंग जोडौं

माघी पर्व तराईमा थारु समुदायले विशेष पर्वका रुपमा मनाउछन् । थारु बाहुल्यता भएको दाङमा पनि यो पर्व नयाँ बर्षका रुपमा मनाउने गरिन्छ । संस्कार र संस्कृतिले भरिएको थारु समुदायमा अहिले माघीको रौनक छ । पुरानो पुस्ताहरु थारु नाचगान गर्ने देखि संस्कार संस्कृति, वेषवुषामा सजिएका हुन्छन् । घर घरमा गएर नाचगान पनि गर्ने गर्छन् । बिशेष गरि थारु समुदायले नयाँ ‘महतवा’ चयन गर्ने पनि गर्छन्, भने बर्ष भरिको कामको समीक्षा गर्ने गर्छन् ।

परम्परादेखि चलिरहेको यो संस्कार संस्कृति अनुसार पुरानो पुस्ताले माघी मनाईरहेका छन् । तर, पछिल्लो समय युवा पुस्ताले यो संस्कारलाई विर्सिने हुन्, की भन्ने चिन्ता भने बढ्दै गएको छ । थारु समुदायको संस्कृति, खानपान, वेषभुषालाई पयर्टनका हिसाबले पनि जोड्न सकिन्छ । थारु समुदायको रहनसहनलाई हेर्न विदेशी मुलुकबाट पनि आउन सक्छन् । तर, यसलाई उचित प्रचार गर्नुपर्छ । प्रचार गर्ने भनेको स्वयं थारु समुदाय पनि हुन् । थारु समुदायका युवा पुस्ताले यो रहनसहन छोडेमा त्यो कुरा बाहिर जाँदैन, र बाहिरी समाजले थाहा पाउँदैन । त्यसैले यसलाई संरक्षण गर्न थारु समुदायका युवाहरु जागरुक हुनुपर्छ ।


थारु समुदायका केही युवाहरु पनि यसलाई संरक्षण गर्न लागिपरेको पनि देखिन्छ । सीमित मात्रै होईन्, समग्र थारु समुदायका युवाहरु नै यसमा जोडिनुपर्छ । युवाले थारु भाषनै बोल्न नआउने, थारु रहनसहन नै थाहा नपाउने अबस्था हुनुहुँदैन । यो एकदमै दुःखद पक्ष हो । आफ्नो पहिचान संसारले चिन्न पाउछ, भने थारु समुदायका युवाहरु किन पछि पर्ने, त्यसैले सबै युवा जुटौं, आफ्नो पहिचान संरक्षण गरौं र संसारलाई चिनाऔं । अनि सम्भव छ, समृद्धि । नेपालमा यस्ता पर्यटनका थुप्रै सम्भावना हुँदाहुँदै पनि त्यसलाई उचित संरक्षण र प्रचारप्रसार गर्न नसक्दा पछि परेको छ । नेपालको हरेक पर्यटनलाई पर्र्बद्धन गर्न सक्यौ भने सम्भव नेपालमै छ । साभार : अग्रिम साप्ताहिक