केन्द्रको मुख ताक्ने प्रबृति अन्त्य गरौं

मुलुकमा तीन तहको सरकार क्रियाशिल छन् । जनताको नजिकको सरकार स्थानीय सरकार हो । तर, स्थानीय सरकारले पनि विकासकालागि केन्द्र सरकारकै मुख ताक्नु पर्ने अबस्था भने अन्त्य हुन सकेको छैन । संघीयताको मर्म भनेको स्थानीय स्तरमा देखिएका समस्या स्थानीय जनप्रतिनिधिले नै समाधान गर्नुपर्छ, भन्ने हो । तर, सडकका खाल्डाखुल्डी पुर्न अहिले केन्द्रीय सरकारकै मुख ताक्नु पर्ने अबस्था छ । केन्द्रीय सरकार मातहत रहेका सडकहरुलाई केन्द्र सरकारले नै मर्मत गर्नुपर्छ नीतिले पनि स्थानीय सरकारहरु त्यसमा मुकदर्शक बन्ने गरेका छन् ।

आफ्ना अगाडी खाल्डा परेका हुन्छन्, तर ति पुर्नकालागि केन्द्र सरकारको मुख ताकिन्छ । तुलसीपुरका बजारका ठाउँ–ठाउँमा खाल्डा छन् । त्यसको ब्यबस्थापनकालागि केन्द्र सरकारकै मुख ताक्नुपर्ने अबस्था छ । तर, त्यसले असरनगर भित्रका जनतालाई नै पारिरहेको हुन्छ । त्यसैले केही कुराहरुमा स्थानीय सरकार पनि चनाखो हुनुपर्छ । बजारमा यसरी खाल्डा पर्दा उपमहानगरपालिकाले त्यसलाई तत्काल ‘एक्सन’ लिएर केन्द्र सरकारलाई पनि चुनौति दिन सक्नुपर्छ । स्थानीय सरकार भनेका जनतालाई परेका जस्ता समस्या हुन्छन्, ति समस्याको पहिचान गरि तत्काल असर पर्ने समस्याहरुलाई तत्कालै समाधान गर्न तर्फ ध्यान दिन आबश्यक छ ।

संघीयतामा गएपछि मुलुकमा राम्रा अभ्यासहरु पनि भएका छन् । तर केही–केही कुराहरु सुधार गर्नु आबश्यक छ । सडककै सन्दर्भमा पनि केन्द्रीय सडकहरुलाई संरक्षण तथा मर्मतको जिम्मा स्थानीय तहहरुलाई दिन सकिन्छ । जुन स्थानीय तहलाई ति सडकले छुन्छन्, त्यहाँको सडक मर्मत तथा संरक्षणको जिम्मा दिन सकियो भने छिटो मर्मत कार्य हुन्छ र सेवा पनि प्रभाबकारी हुन्छ । त्यसकालागि नीतिगत रुपमा यस्ता कुराहरुलाई सुधार गर्न आबश्यक छ ।


त्यसो भएमा स्थानीय सरकारले हरेक कुरामा केन्द्र सरकारको मुख ताक्नु पर्ने अबस्था पनि आउँदैन, हरेक विकास निर्माणका कामहरु पनि प्रभाबकारी हुन सक्छन् । त्यसैले यसतर्फ पनि ध्यान दिन आबश्यक छ । र, स्थानीय सरकार आफैले पनि आफ्नो तह भित्रका नागरिकलाई कस्तो असर परेको छ, त्यसको सुक्ष्मरुपमा अध्ययन गरि समाधान गर्न तर्फ तत्पर देखाउनु पर्छ । स्थानीय सरकारले आफैले गर्न सक्ने काम पनि केन्द्रकै मुख ताक्नु पर्छ, भन्ने छैन । नीतिगत समस्या होलान्, तर त्यस्ता समस्या देखाएर जनताका समस्याप्रति मुकदर्शक बन्न सरकारलाई छुट छैन । केही व्यबहारिक कुराहरुलाई पनि आत्मसात गरेर काम गर्न आबश्यक छ ।

May be an image of 2 people, including Devraj Kandel, people standing and text