घोराही, १ माघ । दाङको घोराहीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जना गम्भीर घाईते भएका छन।
आज दिउँसो करिब साढे दुई बजेतिर घोराही उपमहानगरपालिका १० गुर्जेखोलामा रा १ ख ११५६ नं.को बसले विपरित दिशा तर्फ आउँदै गरेको रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते हुनेमा मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका ३ का ४० वर्षिय जहरे लाल सुनार र मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका ४ निवासी ४५ वर्षिया नरम कुमारी सुनार रहेका छन्।
घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
लाइभदाङ । १ माघ २०८१, मंगलवार १७:३८ बजे