समय अगावै बढायो आयल निगमले पेट्रोल, डिजेलको मूल्य

दाङ,११ चैत ।
नेपाल आयल निगम लिमिटेडले समय अगावै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको छ ।

प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने प्रणालीअनुसार गत १ चैतमा मूल्य बढाएको निगमले आगामी १५ चैतमा मुल्य समायोजन गर्ने कार्यतालिका छ तर चार दिन अघि नै निगमले घाटा पूर्ती गर्नुपर्ने भन्दै ठूलो अन्तरले मुल्य बढाएको हो । मुल्यवृद्धिपछि बुधबार रातीबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय ८७ रुपैयाँ र डिजेल तथा मट्टितेल समान १ सय ६७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


यसअघि १ चैतमा पनि निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको थियो ।