छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न आदेश

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं, २५ पुस ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।


न्यायाधीश नितीज राईको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएको थियो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो ।