छात्रबृतिका चिकित्सकलार्ई निजि अस्पतालमा काम नगर्न निर्देशन

दीपक बोहरा
दाङ,२९ असोज ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले छात्रबृतिका चिकित्सकहरुलाई निजि अस्पतालमा काम नगर्न निर्देशन गरेको छ ।

बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रबृतिका चिकित्सकहरुलाई यस्तो निर्देशन गरेको हो । बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरीका अनुसार सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रबृति छनौट तथा छात्रबृति प्राप्त बिशेषज्ञ चिकित्सक परिचालक कार्यविधि २०७२ बमोजिम कामकाजमा खटिएका बिशेषज्ञ चिकित्सकहरुलाई यस्तो निर्देशन गरिएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ काठमाडौंबाट नियुक्ती लिएका शिक्षकहरुले निजि रुपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाईने प्राबधान रहेको छ । सोही अनुसार बुधबार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताए । हाल छात्रबृतिका चिकित्सकहरु निजि अस्पतालमा काम गर्न गएको गुनासो आइरहेको छ ।