प्रचण्ड दाङ आउने

तुलसीपुर, २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) दाङ आउने भएका छन् ।

पार्टीको तुलसीपुर नगर सम्मेलनलाई उद्घाटन गर्न उनी दाङ आउन लागेका हुन् । माघ ११ गते हुन लागेको सम्मेलनलाई सम्बोधन गर्न दाङको तुलसीपुर आउन लागेको पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जानकारी दिए ।


अरणीको मैदानमा उद्घाटन कार्यक्रम हुने पार्टीका नगर अध्यक्ष मोहन थापाले बताए । त्यसकालागि तयारी अगाडी बढाईएको उनको भनाई छ ।