दङ्गिशरणमा पालिका स्तरिय महिला शान्ति  सुरक्षा  संजाल गठन

दिप्तिशिखा चाैधरी,
दङ्गिशरण, २९मंसिर ।
दंगीशरण गाउँपालिकाको समन्वयमा साझेदारी संघियता सहयोग कार्यक्रम मार्फत पालिका स्तरीय महिला शान्ती सुरक्षा संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा कार्यक्रम  भएको हाे । कार्यक्रममा अध्यक्ष चाैधरिले दङ्गिशरणमा नयाँ कार्यकाे थालनि भएको भन्दै हातेमालो गरेर अगाडि बढ्न सुझाव दिनभयाे ।
दङ्गिशरणलाइ हरेक पाटाेबाट राम्रो बनाउनका लागि सबै जना आ आफ्नाे जिम्मेवारी सम्झेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । साे अवसरमा कार्यपालिका सदस्य दिलकुमारि वि.क, वडा न. ६ का वडा सदस्य ममता परियार, कार्यक्रम अधिकृत किरण पाेखरेल, महिला बालबालिका शाखाका चन्र्दा वली लगाएतले आ आफ्नाे धारणा राख्नुभएको थियाे ।
साे अवसरमा महिला शान्ति सुरक्षा संजाल गठन गरिएको छ । प्रत्येक महिना फेरीने गरि गठन गरिएको संजालमा  यो पुष महिनाका लागि गिता रेग्मी न्यौपानेलाई जिम्मेवारी दिइने निर्णय गरिएको छ ।
यस्तै  प्रत्येक महिनाको १६ गते संजालको नियमीत बैठक बस्ने निर्णय समेत गठन गरिएको छ ।कार्यक्रमकाे सहजिकरण साझेदारी पालिका संयाेजक माया चाैधरीले गर्नुभएको थियाे ।