अपहरण गरेको आरोपमा तुलसीपुरमा २ जना पक्राउ

दाङ, २३ भदौ ।
दाङको तुलसीपुरमा अपहराण आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निबासी २९ बर्षको जनक सुनार, ३४ बर्षका सन्तोष वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुरकै बम घर्ती र घनश्याम पुन फरार रहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।


आरोपीले गएको साउन २६ गते तुलसीपुर उपमहानगरपालिका–६ कपडादेवी निबासी अर्जुन पोखे्रललाई घरबाट अपहरण गरेर भोलिपल्ट बिहान ३ बजे छोडेको आरोप लागेको छ । पिडितले भदौ १ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । साढे तीन लाख रुपैयाँ लेनदेनको विषयलाई लिएर अपहरण गरेको प्रहरीले बताएको छ ।