दङ्गिशरणका किसानलाई बाख्रा तथा बुंगुर बितरण

दिप्तिशिखा चाैधरी,
दङ्गिशरण, २९ मंसिर। 
      दंगीशरण गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र सिड संस्थाको साझेदारीमा संचालीत दंगीशरण कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत दंगीशरण गाउँपालिकाकाे केही वडाहरुमा बाख्रा बितरण गरिएको छ । गाउँपालिकाकाे वडा न. ३, ४ र ५ मा गठन गरिएका मुलसमुहकहरुका लागि बाख्रा वितरण गरिएको हाे ।
मंगलबार गाउँपालिका अध्यक्ष भागिराम चौधरीले एक कार्यक्रमका विच उक्त बाख्रा वितरण गर्नुभएको छ । बितरण कार्यक्रममा अध्यक्ष चाैधरीले गाउँपालिकाका नागरिकहरुलाइ आर्थिक रुपमा सबल बनाउनका लागि गाउँपालिकाले हेफर मार्फत बाख्रा तथा बुंगुर वितरण गरिरहेकाे जानकारी दिनुभयो ।
कृषि क्षेत्रलाई फस्टाउनका लागि विभिन्न कार्यक्रम संचालन गरि गाउँपालिका लागिपरेकाले यसलाई सहि सदुपयाेग गर्न आग्रह गर्नुभयाे।  मंगलबार वडा न. ४ सतिदेवी स्वावलम्बी महिला समुहका २२ जना , सोहि वडाको मौलीमा गठित सम्झना स्वावलम्बी महिलाहरुलाई ३ वटा बाख्रा र २२ वटा वंगुर वितरण गरिएको छ ।
यस्तै वडा न. ३ काठकुवा स्वावलम्बी महिला समुहमा १० वटा वाख्रा, हेकुलीमा गठित देउथान स्वावलम्बी महिला समुहमा ६ वटा बाख्रा वितरण गरिएको छ ।
यस्तै सो समुहमा २५ जना सदस्य रहेकोमा बाकिँ सदस्यहरुलाई गत वर्षमा वँगुरको पाठा वितरण गरेको छ । यसैगरि वडा न. ५ मा वडा अध्यक्ष दिपक गौतमद्वारा बाख्रा वितरण गरिएको हेफर गाउँपालिका संयाेजक गाेमा भट्टराईले जानकारी दिनुभयाे ।