फोनिज लुम्बिनीको सर्वसम्मत नेतृत्व चयन : अध्यक्षमा राम्जा

दाङ, २५ चैत ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएको छ । राप्ती गाउँपालिका देउखुरी दाङमा सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले प्रेम बहादुर राम्जा मगर (दाङ)को नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा जेबि दर्लामी मगर (अर्घाखाँची), महिला उपाध्यक्षमा बन्दना घर्ती मगर (रोल्पा), महासचिवमा सोनु थापा मगर (रुपन्देही), संस्थागत सचिबमा सुशील श्रेष्ठ (सुजल–प्युठान), कोषाध्यक्षमा भगतराम थारु (बाँके) चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा शिव घर्ती मगर (दाङ), दिल बहादुर गाहा मगर (पाल्पा), दिपक कुमाल (दाङ), निर्मल थापा (रुपन्देही), पुरन राकस (गुल्मि), छाया पुन मगर (रोल्पा) सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै केन्द्रिय प्रतिनिधि निर्वाचित अध्यक्ष पदेन रहेने गरि निवर्तमान अध्यक्ष गजेन्द्र गुरुङ, महासचिव प्रतिज्ञा मगर र हाल निर्वाचित महासचिव सोनु थापा मगर सहित चार जना चयन हुनुभएको छ ।

फोनिज लुम्बिनीका संस्थापक अध्यक्ष तथा हाल इन्चार्ज समेत रहनुभएका मिलन गाहा मगरले नयाँ कार्यसमितिका लागि अपेक्षित नामहरु प्रस्तावका रुपमा निर्वाचन समिति समक्ष पेस गर्दै छलफलका लागि आव्हान गरेपनी हलले उक्त कार्यसमिति उपयुुक्त रहेको भन्दै सर्वसम्मत पारित गरेको थियो ।

मुख्य निर्वाचन अधिकृत सरु राना, निर्वाचन अधिकृत सबिन प्रियासन र सुन्दर तरामुले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमिति घोषणा गरे सङ्गै हलले अनुमोदन गरेको थियो । फोनिज लुम्बिनी प्रदेश सदस्य शिव घर्ती मगरले स्वागत मन्तव्य राखे सङ्गै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका फोनिज केन्द्रिय उपाध्यक्ष सरु रानाले गमलाको फुलमा पानी राखेर महाधिवेशनको समुद्घाटन गर्नुभएको हो । उहाँले महाधिवेशन पुर्ण सफलताको शुभकामना दिदै नयाँ कार्यसमिति चुस्त दुरुस्त बनाउनुका साथै उत्कृष्ट प्रदेश समिति बनाउन सुझाउनु भएको थियो ।


फोनिज लुम्बिनीको तेस्रो प्रादेशिक महाधिवेशनको शुभकामना प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब मान सिंह बि.क. समेतले पत्रकारिता क्षेत्रमा फोनिजको अतुलनीय योगदान रहेको कुरा बताउदै हरेक पक्षमा सहकार्य गर्न प्रतिबद्ध रहेकोे कुरा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा विशेष अतिथि रहनुभएका केन्द्रिय महासचिव समीर बलामीले लुम्बिनीमा संगठन कमजोर भएकोले आवश्यक सहकार्य गर्न साथै केन्द्रको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनैपनी कसुर बाकी नराख्ने बताउनुभयो । साथै उहाँले संगठन मजबुत बनाउन लुम्बिनीका प्रत्येक जिल्लाहरुमा दक्ष फोनिजकर्मी उत्पादन गर्न समेत सुझाउनुभएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचीव सबिन प्रियासनले तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुभकामना दिदै आफू पनि फोनिजकै माध्यमबाट पत्रकारिता गरेको हुनाले स–साना मिडिया हाउस साथै आदिवासी जनजातिहरुको हितका निम्ति सकारात्मक ढङ्गबाट काम गर्नका लागि फोनिजसङ्ग अनिवार्य सहकार्य गरि महासंघमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो ।

फोनिज लुम्बिनीका निवर्तमान अध्यक्ष गजेन्द्र गुरुङले निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पदभार हस्तान्तरण गर्नुभएको थियो । भने नवनिर्वाचित अध्यक्ष मगरले संगठनलाई मजबुत बनाउन आफ्नो काधमा जिम्मेवारी आएको कुरालाई दृढताका साथ लागि पर्ने र लुम्बिनीका प्रत्येक जिल्लामा पुगि फोनिजलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदभार ग्रहण गर्नुभएको हो ।

१२ वटा जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सक्रिय सहभागिता रहेको तेस्रो प्रादेशिक महाधिवेशनको सञ्चालन भने महासचिव प्रतिज्ञा मगरले गर्नुभएको थियो ।