गोरखा तुलसीपुरका जीएमले पाए बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड

तुलसीपुर, ८ कात्तिक । गोरखा माध्यामिक विद्यालय तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमले बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेका छन् ।

अष्ट्रेलियन युनिभर्सिटी, क्यानबेरामा करेज रिडर्सद्वारा प्रस्तुत २०२४ को बर्ष उत्कृष्ट अवार्ड जीएमले प्राप्त गरेका हुन् । उनलाई अष्ट्रेलियामा भएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।


त्यस्तै गोरखा मोडेल स्कुल लमहीले बेष्ट स्कुल अवार्ड प्राप्त गरेको छ ।