स्काउट गठन तथा सञ्चालन सम्बन्धि त्रिपक्षीय छलफल कार्यक्रम

दाङ १८ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वरामा रहेको माध्यमिक विद्यालय अश्वारामा बिहीबार स्काउट गठन तथा सञ्चालन सम्बन्धी शिक्षक,विद्यार्थी र अभिभावकहरु बिच त्रिपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त छलफलमा बोल्दै ९–१२ का संयोजक खगेन्द्र प्रसाद काफ्लेले स्काउटमा सहभागी विद्यार्थीहरुले आफुलाई लगनशील,मेहनती र सिर्जनाशिल बनाउनुका साथै अरु भन्दा भिन्न पहिचान गराउनु पर्ने कुरामा जोड दिनु भएको थियो।

त्यस्तै वि ब्य स सदस्य तारा बहादुर बस्नेतले पछिल्लो समयमा बालबालिकाहरु कुलत तथा दुर्ब्यशनिमा फसेको अवस्थामामा यो कार्यक्रमले बालबालिको चौतर्फी विकासमा थप टेवा पु¥याउने कुरामा जोड दिनुभएको थियो।

विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपाने अध्यक्ष रहेको ७ सदस्य स्काउट दल गठन गरी स्काउट कोष संचालन गर्ने निर्णय गरेको छ। स्काउटका गतिविधि संचालन गर्न विद्यालयको तर्फबाट रु ५००० तथा सोही विद्यालयका शिक्षकहरु हिरालाल न्यौपाने ,भिम ब. के सी र दिपक ओलीले नगद रु. एक/एक हजार कोषमा जम्मा गर्नु भएको छ।


सो अवसरमा बोल्दै प्र.अ हिरालाल न्यौपानेले बालबालिकालाई स्वालम्बी तथा ब्याक्तित्व र नेतृत्व दुबैको विकास हुने कुरामा जोड दिनुभएको थियो। साथै समाजमा एउटा मेहनती,लगनशील अनुशासित सँग–सँगै उनीहरूको चौतर्फी विकास गर्नका लागि स्काउटको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिनु भएको थियो ।

छलफलले स्काउटिङ गतिविधी सञ्चालन गर्नका लागि विद्यालयमा २ समूह विभाजन गरि प्रत्येक शुक्रबार १ घण्टा स्काउट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य तारा बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छलफल कार्यक्रमको सहजीकरण विद्यालयका स्काउट शिक्षक दिपक ओलीले गर्नुभएको थियो ।