ट्युबेल बन्न थालेपछि सलौरा बेलगनारका किसान खुसी

तुलसीपुर, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सलौरा बेलगनारमा करिब ५० विघा जग्गा छ । तर, त्यो जग्गा हिउदमा बाँझो हुन्छ ।

बर्षादमा पनि धान रोप्न पनि आकासे पानीको भर पर्नुपथ्र्यो । तर, अब त्यो समस्या हट्ने भन्दा त्यहाँ किसान खुसी छन् । त्यहाँ संघीय सरकारको करिब ७५ लाख लगानीमा डिप ट्युवेल निर्माण सुरु भएको छ ।

लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मस्कीले सिलन्यास गरेपछि सुरु भएको ट्युवेल निर्माणको कार्यले त्यहाँका किसान खुसी छन् ।“हामीले पटक–पटक यहाँको सिंचाईकालागि माग ग¥यौं, अहिले बजेट आयो, काम पनि अघि बढेको छ”,स्थानीय किसान डिल्लीराज आचार्यले भने“अब हराभरा हुनेछ ।”


डिप ट्युवेल भएपछि बाह्रै महिना खेति हुने किसानको अपेक्षा छ । सधै बाँझो राख्नु पर्ने अबस्थाको अन्त्य हुने अर्का किसान बेद बोहराले बताए ।  अब त्यहाँ पुग्ने विद्युत र सडकको ब्यबस्था गरिदिनु पर्ने उनकाे माग थियो । त्यस अवसरमा पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य मास्कीले किसानको समस्यालाई समाधान गर्न डिप ट्युबेल निर्माणकालागि पहल गरेको बताए ।

“कृषि नै समृद्धिको आधार हो”,उहाँले भन्नुभयो“त्यसैले पहल गरेर बजेट ल्याईएको हो ।” निर्माण सुरु गर्ने मात्रै नभई यसलाई पूरा गर्दासम्म निरन्तर फलोअपमा रहने समेत उनले बताए ।

उक्त ट्युवेल निर्माण भएपछि एक सय बढि किसान लाभाम्बित हुनेछन् । अहिले त्यहाँको जग्गा बाँझो छ । डिल्ली चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।