दुर्घटना न्यूनिकरण गर्न भालुवाङ–नर्ती सडकमा टाइमकार्ड

तुलसीपुर, १५ पुस ।
दुर्घटना न्यूनिकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा टाईम कार्ड लागु भएको छ । आज(सोमबार)देखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागु भएको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागु भएको समन्वय अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार प्रति घण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइमकार्ड लागु गरिएको हो ।


जिल्लामा पछिल्लो समय दुर्घटना बढिरहेका छन् । साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्ने समेत निर्णय भएको छ ।