दाङमा भारी बर्षा, २४ घण्टामा ४२.६ मिलिमिटर

तुलसीपुर, ६ चैत । दाङमा भारी बर्षा भएको छ । पछिल्लो २४ घण्टामा ४२.६ मिलिमिटर बर्षा भएको हो । यो अबधीमा सबैभन्दा बढी मकवानपुरमा ४६.४ मिलीमिटर वर्षा भएको छ । त्यसपछि काठमाडौँमा ४५.२ मिलिमिटर बर्षा भएको छ ।

शुक्रबार राति देशभर अधिकांश बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङरअसिनारहुरीबताससहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोसी, मधेस र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ ।

त्यसैगरी, शनिबार देशभर अधिकांश बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङरअसिनारहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार रातिदेखि भने विस्तारै मौसम खुल्दै जाने जनाइएको छ ।


पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ ।